Bishwa Raj Adhikari · Aug २७, २०१६
त्यसबेला नेपालले ‘धान चामल निर्यात कम्पनी’ मार्फत एशियाका अन्य मुलुकहरूमा पनि चामल निर्यात गर्ने लक्ष्य राखेको थियो। वीरगञ्ज एक निर्यातक शहर थियो। त्यसबेला पाउरोटी, चकलेट, विस्कुट, सलाई, सिगरेट, बींडी उत्पादनमा वीरगञ्जले दक्षता हासिल गरेको थियो। वीरगञ्जमा दसकौं पहिले अनेक आवसीय होटलहरू संचालित थिए, जबकी नेपालका अन्य शहरमा होटल संचालन गर्नु पर्छ भन्ने सोंचको पनि त्यस बेला विकास भएको थिएन होला । यात्रुहरू धर्मशालाको शरणमा पर्नु पर्थ्यो। यति मात्र होइन, वीरगञ्जमा तारे होटल (होटल सम्झना) दसकौं पहिले (सम्भव त पचास वर्ष अघि) संचालनमा आइसकेको थियो।
फोहर पनि अव्यवस्थित किसिमले फाल्ने गरिएकोले यो शहरको सौन्दर्य फोहर र दुर्गन्धले छोपिने हो कि भन्ने अर्को त्राश छ। घरभित्रको फोहर सडकमा फालेपछि घर सफा हुन्छ भन्ने मानसिकताबाट वीरगञ्ज अहिले पनि बाहिर आउन सकेको छैन्। उचित व्यवस्थापनको अभावमा वीरगञ्जका घरेलु एवं व्यापारिक, दुवै किसिमका विसर्जनहरू यस शहरलाई कुरुप पार्नमा उद्धत देखिएका छन्। उदारहरणको लागि वीरगञ्जको पश्चिममा बग्ने सिरसियाँ नदीको दुर्गति हेरे पुग्छ ।