
यस अघि ईज्रायलका प्रधानमन्त्री बेन्जमीन नेतनयाहु आँउदा यसबर्ष जनवरी महिनामा मोदीले रेकर्ड नै तोड्ने ऐतिहासिक स्वागत गरेका थिए । अक्सर आफ्ना भावहरु अनि कुराहरु ट्वीटमा अभिव्यक्त गरिरहने मोदीले जस्टीनको आगमनलाई ट्वीटमा सम्म पनि स्वागत गरेनन् । केही भारतीय मिडीयाहरुले मोदीको यस अडानलाई समर्थन पनि गरेका छन् भने केहीले आलोचना गरेका छन् ।
पूर्व भारतीय प्रधानमन्त्री ईन्दिरा गान्धीलाई उनका शिख अगंरक्षकले हत्या गरेका थिए । शिखहरुको पवित्र स्थल गोल्डेन टेम्पलमा खालिस्तानको आन्दोलनमा अत्याधिक सेना परिचालन गरेको बिरोधमा उनको हत्या गरिएको थियो । त्यस ताका ३००० बढि शिखहरु मारिएका हुन् । सन् १९८५ मा भएको एयर ईन्डियाको प्लेनमा बम आक्रमणको आरोप पनि क्यानडामा भएका शिख समुदायलाई लगाइएको छ । यस आक्रमणमा ३२९ जना मारिएका थिए । पन्जाबका प्रभावशाली नेता अमरेन्द्र सिंहले भने फेब्रुअरी २१ मा जस्टीनलाई भेट्ने योजना छ ।