Bishwa Raj Adhikari · Oct २०, २०१६
विभिन्न गाउँ एवं सहरहरूबाट नागरिकहरूलाई अपहरण गर्ने, अपहरण-मुक्त गर्न ठूलो रकम फुरौति माग्ने, बन्दी बनाउने, कठोर यातना दिने, बलपूर्वक चन्दा असुली गर्ने, अपहरण गरिएकाहरूको हत्या समेत पनि गर्ने, मूठभेडको नाममा सामान्य नागरिकहरूको निर्मम किसिमले ज्यान लिने, विसौं वर्षौसम्म निर्दोष नागरिकहरूलाई बन्दी बनाउने, गैर कानूनी व्यापार गर्ने, वाल-शैनिक भर्ना गर्ने, गरिब मजदूर एवं किसानहरूलाई वलपूर्व लडाकू बनाउने, जस्ता अनेकौ जनविरोधी कार्यहरू फार्कका लडाकूहरूले गरेका थिए। फार्कका लडाकूहरूले सार्वजनिक स्थल (क्लव), तेलको पाइप लाइन, पुल, विजुली आपूर्ति व्यवस्था आदिमा बम विष्फोट गराउने जस्ता अमानवीय कार्यहरू गर्न समेत पनि बाँकि रखेको थिएनन्।
फार्कका नेता, लडाकू एवं कार्यकर्ताहरूले गरेका जघन्य अपराधहरूलाई जनताले भुल्न सकिरहेको छैन्। उनीहरूले गरेको अपराध कर्मको लागि सजाएँ पाएको जनताले देख्न चाहेको छ। यसैगरी राजनीतिको आवरणभित्र रहेर फार्कका नेताहरूले ‘कोकिन-व्यापार’ बाट धेरै पैसा कमाएका थिए। जनतालाई त्यो पनि मन परेको छैन। समग्रमा, कोलम्बियाको जनताले हतियारधारी बिद्रोही सङ्गठन फार्क र यसका नेता एवं लडाकूहरूलाई सजिले माफि वा उन्मुक्ति दिन चाहेको छैन र त्यो कारणले गर्दा नै जनताले सरकारद्वारा गरिएको शान्ति सम्झौता अस्वीकार गरेको छ।