Suyog Dhakal · Dec २१, २०१६
मेरो नाम डोको हो, मलाई सामान बोक्ने काममा प्रयोग गरेको तपाईहरुले देख्नुभएको हुनपर्दछ । बिहान गोठको भकारो सोहोर्ने देखि मेलापात जाँदासम्म, अन्नपात अनि बिस्कुन बोक्न देखि कहिलेकाँही विरामी बोक्न सम्म मलाई प्रयोग गरिन्छ, कोप्रो आकारको थोरै त्रिकोणत्मक अभिब्यक्ति मेरो आकारले दिन्छ ।
आजभोली सामान बोक्न ब्यागको प्रयोग गरिन्छ, हो म पनि गाँउले जिवनशैलीको एउटा ब्याग हुँ । अझ ब्याग भन्दा पनि पुरानो नेपाली जिवनशैली अनि उकाली ओराली अनि थुम्काहरुको लागी म सानो तिनो टरक नै हुँ, चक्का भएका ठूला टरकहरु बाटाबाटामा दुर्गुछन भनेँ म चाँही मान्छेको ढाडमा उकाली ओराली अनि चौतारीहरुमा सामान ओसार्छु ।