
१०४ वर्षको उमेरमा उनले तीन महादेशमा रहेर आफ्नो व्यवसायिक जीवन व्यतित गरिसकेका थिए । तीन वटा बिहे गरे र १२ जना नातिनातिनाका हजुरबुवा बने ।
यो महिनाको पूवाद्र्धमा एक सय चार वर्षीय अष्ट्रेलियाली वैज्ञानिक डेभिड गुडलले आफ्नो जीवनको अन्त्यका लागि गरेको अभ्यास अन्तर्राष्ट्रिय समाचार मात्र बनेन । धेरैलाई यसले अन्र्तगंबाटै हल्लायो । स्वीजरल्याण्डस्थित एक क्लिनीकबाट सीएनएनका लागि अन्तिम अन्तर्वाता दिँदा उनी शान्त र दृढ देखिन्थे ।