
यहीँबाट सुरु हुन्छ मेरो शब्दकोशसंगको यात्रा । त्यस प्याकेट भित्र शब्दकोश थियो, अक्सफर्ड डिक्सनरी । बीचका भागमा तस्वीरहरु थिए, रंगीन । म धेरै दिनसम्म यस पुरस्कारका लागि पुलकित थिए ।
सायद अब निकट भविष्यमा नेपाली अङ्ग्रेजी अनि संस्कृत शब्दकोश पनि हेर्न पाइन्छ कि ? एउटा नेपाली भाषा प्रेमी भएका नाताले मेरो संस्कृत अनि नेपालीसंगको यस मोह पनि कुनै दिन हाम्रो पात्रो परिवारले साकार गरिदिनेछ भन्ने अपेक्षा छ ।