Suyog Dhakal · Dec २९, २०१६
हिन्दु धर्मको कुरा गर्दा र हिन्दु परिवारको वसाईको आकलन गर्दा एउटा पूजाकोठा, दैनिक चढाईएका फूलहरु , प्रसादी राख्ने सानो कचौरा, पञ्चपात्रो, चन्दन घोट्ने चनौटो अनि अचामनी अर्थात जल अचाएर शिरमा राख्ने सानो धातुको चम्चाजस्तो पूजासाम्रगी आदिहरु याद आँउदछन् । तपाईहरुलाई त थाहै छ, हाम्रो पात्रोले नेपालीपनाको पर्यायवाचीकारुपमा हामीले विर्सन आँटेका अनि नयाँ पुस्ताले भुल्न लागेका सस्कार अनि साम्रगीहरुलाई मोवाईल एप्स मार्फत प्रस्तुत गर्ने गर्दछ भन्ने ।