
लिएर जाने कुरा केहि छैन शिवाय तिता मिठा अनुभव र यादहरु... शायद! जीवन र मृत्युको अन्तर कुनै मिलिसेकेण्ड या मिनेटभरमा हुन्छ र एक मिलिसेकेण्ड अगाडि एउटा उर्जावान गतिशिल जीवन क्षणभरमैं मृत हुन्छ, तर कसरी ? हरेकले बेग्ला बेग्दै तर्क गर्लान् तर, यो प्रश्न ना जवाफ छ ।
स्टेरिंग नियन्त्रण गर्न नसकेको चालकले चलाएको गाडिको ठक्करबाट बटुवाको मृत्यु त्यही बाटोमा हुनसक्छ । एउटा दिशामा घुमाउनुपर्ने स्टेरिंग चालकको मष्तिष्कले गरेको मिलिसेकेण्डभरको एउटा निर्णयले अर्को दिशामा घुमाइएमा या नघुमाइएमा या ब्रेक नलागेमा बाटोमा हिंडिरहेको जीवन तुरून्तै मृत्युको मुखमा पुग्न सक्दछन् ।