
राजाले दुबै पक्षको कुरा सुनेपछि अब भोटोको स्वामित्व मछिन्द्रनाथको पूजारीले पर्याप्त प्रमाणको आधारमा गर्ने बताँउदछन् ।
यस जात्रामा राष्ट्रप्रमुख लगायत बिभिन्न महत्वपूर्ण ओहदाका व्यक्तिहरु भेला भएर भोटो हेर्ने चलन छ, भनिन्छ कि यस अवसरमा मानव अनि भूतहरु सबैजना भोटो हेर्न एकै थलोमा जम्मा हुन्छन् ।
जिवीत देवी कुमारीको उपस्थितीमा यस भोटो देखाइन्छ, लगनखेलको थटी टोलवाट यसै दिन मछिन्द्रनाथको रथ जावलाखेल लिएर जाने चलन छ ।