२६ चैत्र, काठमाण्डाै । एन आई सी एशिया बैंकको नयाँ शाखा भरतपुर महानगरपालिका ६, चोक बजार, चितवन स्थित गीतानगर–चोकबजार शाखाको आज मिति २०७४ चैत्र २६ गते एक समारोहका बिच भरतपुर महानगरपालिकाका मेयर श्री रेणु दाहाल तथा बैंकका संचालक श्री राजेन्द्र प्रसाद अर्यालबाट संयुक्त रुपमा विधिवत् समुद्घाटन सम्पन्न भएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथी श्री रेणु दाहालले एन आई सी एशिया बैंक लि. ले अवलम्बन गरेको शाखा सञ्जाल विस्तार रणनीति एक अग्रगामी कदम भएको भन्दै यस्ता रणनीतिले देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिएको जनाकारी गराउनु भयो । साथै उक्त कार्यक्रममा संचालक श्री राजेन्द्र प्रसाद अर्यालले बैंकले देशका कुना कन्दरामा बसोबास गर्ने स्थानीय सर्वसाधारणहरूलाई वित्तीय सेवाको पहुँचमा ल्याउने र यस यात्रालाई निरन्तरता दिदै जाने कुराको जानकारी गराउनु भयो ।
साथै, बैंकलाई सर्वसाधारणबाट दर्शाउनुभएकोे प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा मुलुकभर गरी १९२ शाखा कार्यालयहरु, १९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा ब्रान्चलेस बैंकिङ्ग मार्पmत् बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो संजाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू १५४ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू १०६ अर्ब र कुल निक्षेप करिब रू १३० अर्ब पुगीसकेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ । साथै, संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना रहेको कुरा का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले बताउनुभयो ।