
नेपाली वैदेशिक कामदारको कल्याण अनि उनीहरुको परिवारको सहयोगार्थ सरकारले वैदेशिक कामदार कल्याण कोष पनि व्यवस्था गरेको छ । जसमा प्रत्येक वैदेशिक रोजगारमा जानेहरुले जान अगावै लगभग रु १५०० नेरु जम्मा गर्दछन् । तथापि तिनीहरुले त्यस रकमबाट कुनै फाइदा या सुविधा पाएका छन् या छैनन् ? यस कुराको प्रभाव धमिलो छ ।
गएको वर्षमात्र २००० बढि नेपाली आप्रवाशी कामदारहरुको मुद्दा दर्ता भएको नेपाल सरकारको तथ्याकं छ । ७५५ जना नेपाली वैदेशिक कामदार विदेशमा मरेको तथ्याकं पनि गत वर्षको रहेको सरकारी आँकडाले देखाउँछ । औसतमा १६०० जना नेपालीले वैदेशिक रोजगारीका देश छाड्ने गरेको तथ्याकं छ । धेरैजसो नेपालीहरु खाडी मुलुक अनि मलेसियामा काम गर्न जाने गर्दछन् ।