Suyog Dhakal · Jan ३, २०१८
राजाहरुका अनौपचारीक तस्वीर अनि राजनेताका संग्रहीत तस्वीरहरु हेर्दा पनि स्वीटरको प्रयोग गरेको पाइन्छ, नेपालमा । ऊन किनेर ल्याउने अनि कुरुसको प्रयोग गरेर दुई तर्फवाट सीपयूक्त हातले ऊनलाई गाँस्दै ल्याउने, एउटा स्वीटर बुन्न कम्तिमा पनि १५ दिन लाग्ने गर्दथ्यो ।
बुन्न दिएको स्वीटर कहिलेसम्म तयार हुन्छ भनेर चासो लाग्नेहरु बुन्न दिएका हरुमा गएर बुझ्ने गर्दथे । आज गलासम्म भ्याइयो, पर्सिसम्म दुबै बाहुलाहरु सकिन्छ आदि उत्तरहरु आँउथे होलान् । सुस्तरि मान्छेहरुमा समय कम हुँदै गयो अनि मानव श्रम व्यबसाहीक हुँदै गएपछि कुरुसहरु थन्किए, आजका ज्याकेटहरुले न्यानो त दिन्छन तर स्वीटरमा न्यानो अनि माया दुबै हुनेगर्दथियो । शायद धेरै पतिहरुको शान अनि अव्यक्त प्रतिस्पर्धा पत्नीले बनाएका स्वीटर अनि त्यसको बुनाई गुणस्तरमा हुन्थे होलान् ? स्वीटरमा कुंएत्रो लागेर च्यातिदा कति मनहरु पनि च्यातियो होलान् ? स्वीटर केवल कपडामात्र थिएन एउटा संझना पनि थियो ।