
नेपालमा देखिएजस्तो बिदेश सहज छैन्, त्यहाँ रहनका लागि कडा मेहनत र धैर्यता जरुरी छ । यदि तपाँई पनि आफ्ना छोराछोरीलाई बिदेश पठाउने सोच्दै हुनुहुन्छ या आफू नै बिदेश जाने सोच्दै हुनुहुन्छ भने यि कुराहरुलाई ध्यानमा राख्नुहोस् । अवसर यहाँ पनि कम छैन्, चिन्न जरुरी छ । छोराछोरी बिदेश गएपछि नियमीत सम्पर्कमा रहनुहोस्, कुराकानी गर्नुहोस् र खबर साटासाट गर्नुहोस् ।
उता कलेजको फि, खर्च, कम्प्यूटर, मोबाइल, लुगाफाटो लगायतको खर्च पनि धान्नै पर्ने हुन्छ । अब त घरमा पनि केही पैसोको आशा गर्न थालिसकेका हुन्छन् । बिधार्थी भीसामा आएकालाई देश अनुसारको काम गर्ने प्रावधान हुन्छ, यूनिर्सिटी भित्र हप्ताको यति घण्टा भनि कानूनी प्रावधान भएपनि त्यतिले खर्च पुग्दैन्, लुकेर अरुभन्दा धेरै तनाव अनि कम पारिश्रमीकमा बाहिर काम गर्न पर्ने बाध्यता हुन्छ ।