
मेरिकी सार्वजनिक शिक्षाको अध्ययन र अनुसन्धानपछिका उनका तर्कहरुले शिक्षा नीति परिवर्तनमा ठूलो सहयोग पु¥याएको छ ।
नोबेल पुरस्कारपछिको दोस्रो ठूलो अवार्ड मानिने यस वर्षको क्लार्क अवार्ड नेपाली मूलका अर्थशास्त्री पराग पाठकलाई प्रदान गरिने भएपछि उनको चर्चा नेपालीमाझ चुलिएको छ । ४० वर्षभन्दा कम उमेर समूहका युवा अर्थशास्त्रीलाई प्रदान गरिने सो अवार्ड अर्थशास्त्रको अध्ययन तथा अनुसन्धानमा विशिष्ट योगदान पु¥याएबापत पाठकलाई प्रदान गर्न लागिएको हो ।