Bishwa Raj Adhikari · Sep १७, २०१६
गरिबी विश्वका अन्य मुलुकहरूमा पनि छ। यदि गरिबीको कारणले मात्र नेपालमा आत्महत्या बढी हुने गरेको हो भन्ने तथ्यलाई मान्ने हो भने विश्वका अन्य गरिब मुलुकहरूमा पनि उच्च स्तरमा आत्महत्या हुनुपर्ने हो नि? साउदी अरेबियामा पनि गरिब होलान् तर त्यहाँ आत्महत्या दर ज्यादै न्यून छ। साउदी अरेबियामा प्रतिवर्ष केवल हरेक पाँच लाखमा एक व्यक्तिले आत्महत्या गर्छ।
नेपालीहरू जुन किसिमले राम्रो आम्दानीको लागि विदेश पलायन भइरहेका छन् के त्यो पलायन केवल गरिबीले गर्दा हो? यो प्रश्न ज्यादै गम्भीर छ। नेपालका ज्यादै गरिब जिल्लाहरू बाजुरा, कालिकोट, बझाङ, हुम्ला, जुम्ला, अछाम, मुगु, डोल्पा, सिरहा, रौतहट छाडेर कुरा गर्ने हो भने अन्य जिल्लाहरूमा व्यक्तिहरू खान नपाएर मर्ने स्थिति छैन, न भोकमरी छ। तर नेपालका सम्पूर्ण जिल्लाहरूबाट व्यक्तिहरू विदेश पलायन हुन खोजिरहेको स्थिति छ। राम्रो आम्दानी हुने शहरका बासिन्दाहरू पनि विदेश पलायन हुन खोजिरहेको स्थिति छ। यस्तो किन भएको होला? यस प्रश्नको उत्तर खोजौं।