Suyog Dhakal · Feb २७, २०१८
अब सीरियन युद्ध दोश्रो विश्वयुद्ध भन्दा धेरै लम्बिइसकेको छ । सिरिया बाहेक विश्वका कुनैपनि कुनामा सुरक्षा खोज्दै सीरियन शरणार्थी युरोप अनि अन्य देशहरुमा जीवनको जोखिम मोल्दै भौतारी रहेका छन् । युएनएचसिआर को प्रतिवेदन अनुसार ५५ लाख सीरियन शरणार्थीहरु दर्ता भएका देखिन्छन् । लेवनान र टर्कीले सबैभन्दा धेरै सीरियन शरणार्थीहरु राखेका छन् ।
यस वर्षको मार्च महिनामा सिरियाको युद्ध ८ वर्षमा प्रवेश गर्दैछ । यिनै ७ बर्षमा ४६५००० बढि सीरियन नागरीकहरुको मृत्यु भएको छ । यता एक करोड बढि सीरियनहरु आफ्नो घरबार विहीन भएका छन्, देशको आधा जनसख्याँ नै आफ्नो घरबार विहीन भएका हुन् । सिरियाको युद्धको इतिहास सन् २०११ बाट सुरु हुन्छ, जब इजिप्ट अनि ट्युनीसियाको आन्दोलनको परिणामबाट सुरु हुन्छ । यिनै आन्दोलनहरुले प्रो डेमोक्रेटिक सीरियनहरुलाई प्रेरित गरेको हो ।