
घटनाबारे विस्तृत अध्ययन र त्यसको प्रतिवेदन आउने नै छ । चालक दल र विमानस्थलका कर्मचारीबीच भएको अन्तिम कुराकानीको सार्वजनिक भएको अडियो अनुसार भने पाइलट निकै बेर अलमलिएको प्रष्ट सुन्न सकिन्छ ।
वतरण गर्दाको विमानको अवस्था नमिलेको र अवतरण नगर्नु भन्दाभन्दै पाइलटको जवाफ नआउँदा विमान दुर्घटना भयो ।” रनवे २० का लागि स्वीकृति पाएको विमानले ०२ मा आएर अवतरण गर्न खोज्दा विमान रनवेबाट बाहिर ठोक्किएर दुर्घटना हुन पुग्यो ।
विमानमा ३३ जना नेपाली, ३२ जना बंगाली, एक चिनियाँ तथा एक माल्दिभसका नागरिक रहेका थिए भने चालक दलका चार्र जना सदस्य बंगलादेशका नै थिए ।