Suyog Dhakal · Jul २६, २०१६
कश्मिरमा अब कुरा र कारणहरु छर्लङ्ग र छरपष्ट हुँदैछन् कि यो विवाद जसले दिनहुँ धेरैको ज्यान लिइरहेको छ त्यस्को कारण कुनै भौगोलिक या राजनैतिक सिमाकंनमात्र हैन विचारको बिभत्स विवाद पनि छ हो भन्ने र कश्मिरी जिउँदो राज्य खोज्न थालेका छन् ।
कश्मिरको पिडा के नयाँ दिल्ली र इस्लामाबाद ले उत्तिकै गहन रुपमा हेरेका छन त ? बिश्व दौडाहामा प्रधानमन्त्री नरेन्द्र मोदी एकदमै सक्रिय भएर भारत र भाइचाराको नारा लगाउदैगर्दा आफ्नै देशको कश्मिर र गृहजिल्ला गुजरातमा भएको द्वन्दप्रतिको उदासिनताले पनि धेरै प्रश्न उब्जाएको छ । बिश्वको सबैभन्दा ठूलो र लामो प्रजातान्त्रीक इतिहास र अभ्यास गरेको देश भारतका प्रधानमन्त्रीज्यूले प्रजातन्त्रका बारेमा जेजस्ता कुरा गरेतापनि भारतको बास्तविक प्रजातन्त्रको धरातलका बारे कश्मिरका यस् सन्देशहरुले बडो दर्दनाक चित्र प्रस्तुत गरेको छ ।