Bishwa Raj Adhikari · Aug २७, २०१६
कुनै गंभिर प्रकृतिको रोग निको पार्न आयुर्वेदिक औषधीको सेवन गरेर त्यसको असर हेर्न लामो समय कुर्दा, र यदि त्यो औषधीमा भनिएको विशेषता नभएर, त्यो औषधीले काम नगरेर, कुनै बिरामीको ज्यान गएमा त्यस्तो घटनाको जिम्मेवारी कसले लिने? जिम्मेवारी कसैले त बोक्नु नै पर्छ। कि पर्दैन? विकसित मुकुकहरूमा औषधीलाई दुई भागमा विभाजित गरिएको हुन्छ र सोही अनुसार तिनको बिक्री, बितरण गरिन्छ।
सरकारले औषधी व्यवस्था विभागलाई आदेश दिएर, अति उनन्त प्रयोगशालाहरूमा लगेर, ती आयुर्वेदिक औषधीहरूको गुण-धर्मको परीक्षण गराएको छ? गराएको छ भने त्यसको जानकारी उपभोक्ता (बिरामी) हरू समक्ष तुरुन्त आउनु पर्यो, सरकारले दिनु पर्यो। सेवन गर्न सकिने भनी सरकारले जानकारी दिनु पर्यो। यदि गराएको छैन भने ती औषधीहरू किन बजारमा अनियन्त्रित किसिमले बिक्री भइरहेका छन? ठूलो पथ्थरको भाँडामा केही जटिबुटीहरू खोट्दैमा के औषधी तयार हुन्छ?