
माया, प्रेम, पिरती अनि आत्मियताले भरिएको मायाको दिवस अर्थात् “भ्यालेन्टाइन डे” नजिकिदै छ । चिसो मौसमले अझ साथ छोडी सकेको छैन र भ्यालेन्टाइन डे नजिकीरहँदा धेरै प्रेमिल जोडीहरू उत्साहित भइरहेका छन् । कैयौ साथीहरूआफूलाई मनपर्ने मानिसलाई प्रेम प्रस्ताव गर्ने हतारो भइरहेको होला भने कसैलाई आफ्नो प्रियजनसँग स्तरीय समय बिताउन योजना बनाउने उत्साह भइरहेको हुनसक्छ ।
