
शंकास्पद कुरा जस्तै प्रेसर कुकर, तारका या डोरी जत्था, गुडिया, रेडियो, प्याकेटका सामान, गिफ्ट जस्ता कुरा, खेलौना, असाधारण आवाज या बाफ उडेका कुराहरु लगायत शंकास्पद कुराहरु बम हुन सक्दछन् । कसैले झारेको मुल्यवान सामानका रुपमा यिनलाई बेवारिसे छाडिएको हुनसक्दछ, सतर्क रहनु होला ।
सर्वप्रथम यदि हामीले बिष्फोटक पदार्थ भेटिएमा नआत्तिकन अनि सावधानीपूर्वक कदम चाल्न पर्दछ । हाम्रो सावधानीले मात्र हामीलाई बिष्फोटनबाट जोगाउन सक्दछ । फिल्ममा देखिएका बमहरु जस्तै झिमिल या टिलपील रुपमा बत्ति बलेका पदार्थ मात्र बम हैनन, बम हामीले दैनिक जीवनमा प्रयोग गर्ने जे कुरा पनि हुनसक्दछ ।