मन्दिप गाैतम · Dec ३१, २०१६
यस वर्ष राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा भएका मुख्य घटनाक्रमलाई एकफेर सम्झिनै पर्छः सिरिया, अफगानिस्तान अनि ईराकबाट यूरोप छिर्ने शरणार्थीहरुको दर्दनाक ब्यथा र कहालीलाग्दो सामुन्द्रिक यात्राको श्रृंखला यसवर्षपनि कायमै रह्यो । अर्कोतर्फ जे के रोलिङ नामक प्रसिद्ध लेखिकाको कृती ह्यारी पोटरमाथी सफल चलचित्र श्रृंखलाहरु बनाएका निर्देशक एलेन रिकम्यानको निधनले रङ्गमञ्च संसार स्तब्ध बन्यो । यस्ता धेरै सकारात्मक र नकारात्मक समाचारले मानव जीवनमा यो वर्ष उतार चडाव ल्याई रह्यो ।