
आमाको मुख हेर्ने दिन नजिक आइसकेको छ । हामी मध्ये कोही आफ्नो आमाको नजिक छौं होला भने कोही निकै टाढा । हामी जहाँ भएपनि आमासँगको भावना मनको सबैभन्दा नजिक हुने गर्दछ । मातातिर्थ औंशी नजिक आउन थालेपछि हामी सबैलाई यो विशेष दिनमा आफ्नो आमालाई के उपहार दिने भनेर अन्योल रहने गर्दछ ।
