Bishwa Raj Adhikari · Apr १७, २०१७
हाम्रो आर्थिक जीवनलाई दुई कुराहरू: कम्युनिष्ट सिद्धान्त र हिन्दी सिनेमाले अति नै प्रभाव पारेको छ। प्रभाव पनि कपडामा रंग चढेर झर्न कठिन हुने जस्तो गरी प्रभाव पारेको छ। र यी दुई कुराहरूले धनीहरू प्रति खास किसिमको नकारात्मक धारणा निर्माण गर्न नेपाली समाजलाई बाध्य पारेका छन्।