इन्दिरा प्रसाई · Jun ६, २०१८
हाम्रा सामु सदावहार मुस्कान पस्किने राईसरका मौन ओठहरू समेतको अन्ततः २०७५ साल जेठ १३ गते पशुपति आर्यघाटको चितामा मैले पनि अन्तिम दर्शन गरेँ ।
यो संसारमा मानिसै मानिस छन् । जताततै मानिसको भीड देखिन्छ । तर आफूलाई मनभित्रैबाट माया गर्ने, भलो चिताउने मानिस पाउन भने पूर्वजन्मको तपस्याकै फल चाहिने रहेछ । यसै परिप्रेक्ष्यमा राई सर अर्थात् गणेशबहादुर राई मेरा हितैषी र मलाई धुमधामै माया गर्ने व्यक्ति हुनुहुन्थ्यो भन्न पाउँदा म आत्मगौरवी हुने गर्छु ।