
नेपालका कलाकार, खेलाडी, मिडियाकर्मी आदिको सहभागिता
एन्टेना फाउण्डेशन नेपालद्धारा ललितपुरमा आयोजित एक समारोहको बीच सोमबार लैंगिक समानतामा आधारित “पाँच मिनेट” नामक भिडियो सिरिजका २ भिडियो थुप्रै आगन्तुक माझ प्रस्तुत गर्दै उक्त फाउण्डेशन को यो अभियान को शुभारम्भ गरियो। समाजमा विद्यमान लैंगिक विभेदको अन्त्य गर्ने उदेश्य सहितको पाँच मिनेटको यस चेतनामुलक भिडियोका भागहरु प्रत्येक हप्ता संस्थाको युट्यब च्यानल मार्फत प्रसारण गरिन्छ ।