Suyog Dhakal · Jul ६, २०१६
काला, सेता, चिल्ला, खसा्र अनि धुलाम्मे गाडीहरु र बाईकहरु पम्पअगाडी लमतन्न राखिन्छन्, अस्तित्व हिन सामानहरु जस्ता ।
स्मरण रहोस ! विश्वभरिमा सबैभन्दाधेरै मूल्यमा आफ्ना नागरीकहरुलाई पेट्रोलियम पदार्थ बेच्ने देशहरुको सूचीमा नेपाल पनि अछुतो छैन् । कहिलेकाँही त नेपालकै पानीबाट चल्ने गाडी घोडाहरु बनाएनि हुने जस्तो लाग्छ, खोला छेउ गयो पानी हाल्यो अनि कुदिरह्यो तर के गर्नु यी टिनकापाताहरुमा जोडिएका रबरका चक्काहरू अरबको पानी बिना एक 'डेग' चल्दैनन् ।