Suyog Dhakal · Mar २२, २०१७
खेतमा गहुँको वाली लहलहाउन थालेको छ, पातहरुमा अनि फूलमा रंगीविरगीं पुतलीहरु फरफराउन थालेका छन् अनि विभिन्न मेलाहरु लाग्न शुरु हुँदैछ । ॠतुहरुले भावनाको सञ्चार गर्दछन्, भावनाहरुको जागृत गर्न अनि जोश र उत्साहहरुसँग ॠतुको विशेष समबन्ध रहन्छ । वर्खा रितुलाई सबैभन्दा धेरै काब्यात्मक बिम्बहरुमा प्रयोग गरिएको हुन्छ तर त्यसपछीको धेरै प्रयोग गरिएको ॠतु वसन्त हो ।