
जङ्क फुड र फास्ट फुड तर्फ अहिले अधिकांश मानिसहरूको आकर्षण बढ्दै गर्दा स्वस्थ र पोषणयुक्त खानेकुरा धेरैले नजरअन्दाज गरेको पाइन्छ । मानिसहरूको बदलिदो जीवनशैली अनि बढ्दो व्यस्तताको कारण सन्तुलित भोजनको सुविधा जता त्यतै उपलब्ध नहुँदा शरीरलाई आवश्यक पर्ने तत्त्वहरू पूरा गर्न ड्राइ फ्रुट्स उत्तम विकल्प हो ।