
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (NASO)ले छैठौं राष्ट्रीय एस्ट्रोनोमि ओलम्पियड लोगो “Logo” प्रतियोगिताको घोषणा गरेको छ। यदि तपाइहरुपनि डिजाइनमा रुचि राख्नुहुन्छ भने "छैठौं राष्ट्रीय एस्ट्रोनोमि ओलम्पियड"को यस वर्षको लोगो डिजाइन गरेर ३० नोभेम्बर २०१८ अर्थात यहि मंसिर १४ गतेसम्म आफ्नो लोगो नेपाल एस्ट्रोनोमिकल सोसाइटी (NASO)लाई प्रस्तुत गर्नुहोस। NASO ले उत्कृष्ट तीन डिजाइनलाई आकर्षक धनराशी र प्रमाण पत्रले सम्मानित गर्नेछ भने पहिलो स्थान प्राप्त गर्न सफल लोगो नै यस वर्ष "छैठौं राष्ट्रीय एस्ट्रोनोमि ओलम्पियड"को औपचारिक लोगो हुनेछ।
नियमहरू:
- लोगोमा निम्न विषयवस्तुहरू झल्किनु पर्नेछ : खगोल विज्ञान, शिक्षा, नेपाल र “छैठौं राष्ट्रीय एस्ट्रोनोमि ओलम्पियड”
- आवेदन नि: शुल्क छ तर एक व्यक्तिले केवल एक लोगो पेश गर्न सक्छ।
-पठाईएको डिजाइनमा डिजाइनरको आफ्नै मूल विचार / सिर्जना हुनुपर्दछ।
- पठाईएको लोगो ६०० x ६०० पिक्सेलको आकारमा हुनुपर्छ।
डिजाइनरले आफ्नो लोगोको 100 भन्दा धेरै शब्दहरूमा वर्णन गर्नुपर्छ। बिना विवरणको डिजाइन प्रतियोगिताको लागि मूल्याङ्कन गरिएको छैन।
थप जानकारीको लागि: http://www.nepalastronomicalsociety.org/projects/olympiad/
यस वर्षको "छैठौं राष्ट्रीय एस्ट्रोनोमि ओलम्पियड"कार्यक्रमसंग अधिक मान्छेको संलग्नता होस् र यसबाट नेपाली डिजाइनरहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्लेटफर्ममा आफ्नो काम प्रस्तुत गर्ने अवसर पाउन भन्ने विश्वास लिएर NASO ले यो प्रतिष्पर्धाको आयोजना गरेको हो।
आवेदन फारम : https://docs.google.com/forms/d/e/1FAIpQLSdRNvr4ltKkAaSv3GALzc6bY3uHDmWrr9sJWJ2cStA59KkazA/viewform