हेर चन्द्रमा त्यो, हामी एकै देख्छौं
खुला आकाश मुनि हरियो मैदानमा
लडीबुडी गर्ने भनी बारबार सोच्छौँ
दूरी लामो कहाँ तिमी कहाँ म तर सोच एउटै राख्छौँ
अनगिन्ती यी मेरा हाँसो साथै मुस्कानको पूर्ण श्रेय (आश्रय)
तिमी नै हौ भनी, मेरो सोचमा तिमी बस्छौ
-अरुणा देउजा
आहा! कती मिठा शब्दहरु! हाम्रो पात्रोका प्रयोगकर्ताहरु मध्येबाट आएको यो कविता र यस्तै थुप्रै कविताहरु पढ्न चाहनुहुन्छ? आजै हाम्रो पात्रोको एप अथवा वेब पेजमा गई ब्लगमा यस्तै थुप्रै साहीत्यिक रचनाहरुको आनन्द लिनसक्नुहुनेछ। वास्तवमा हामी सबै भित्र अनेक प्रकारका भावहरु छन् जसलाई हामी सबैसँग खुलेर भन्न सक्दैनौ तर मनमा खेलिरहने यि भावहरुलाई व्यक्त गर्ने एउटा मिठो तरिका हो साहित्य। साहित्य पढ्न वा लेख्न दुबै माध्यमले हाम्रो मन हलुका बनाउछ, मनका भाउ व्यक्त गरी मन हलुका बनाउन र हाम्रो भित्री आत्मालाई तरोताजा बनाउन साहित्यले महत्वपूर्ण भूमिका निर्वह गर्छ। आउनुहोस् आफ्नो मन हलुका गर्न र लकडाउनको तनाव कम गर्न हाम्रो पात्रोमा रहेका अनेकौ साहीत्यिक रचनाहरुमा रमाऔँ।
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: