यदी तपाईं पनि आफ्नो भाषामा दखल राख्नुहुन्छ र हाम्रो पात्रो आफ्नै भाषामा प्रयोग गर्न चाहनुहुन्छ भने हामीलाई support@hamropatro.com मा भाषा उल्थाका लागि ईमेल गर्नुहोस् । तपाईंले पठाउनुभएको ईमेलका आधारमा हामी तपाईंलाई सम्पर्क गर्नेछौं र तपाईंको भाषाको हाम्रो पात्रो सार्वजनिक समेत गर्नेछौं ।
सबैलाई नमस्कार ! म यहाँहरुको प्रिय मोबाइल सहयात्रि हाम्रो पात्रो को संस्थापक र प्रमुख कार्यकारी अधिकारी शंकर उप्रेती हुँ । शिवरात्रिको उत्साह र उत्सर्ग निकै धुमधामसंग भयो होला भन्ने अपेक्षा राख्दछु ।
दश वर्षअघि जब म अमेरिकामा एउटा बिधार्थीका रुपमा अध्ययनरत गर्दथें तब मलाई आफ्नो देशको चाडवाडहरुका मिती र गते याद हुन कठिन लाग्थ्यो । तर मलाई विदेशमा रहँदा नेपाली चाडवाड र परम्परा निकै याद आउने र न्यास्रो लाग्ने हुँदा आफूलाई र अन्य नेपाली प्रयोगकर्तालाई तिथिमिती सम्झाउन हाम्रो पात्रोको प्रारम्भ गरें । त्यसपछि हाम्रो पात्रोले निकै लामो यात्रा तय गरिसकेको छ र आजको मितिमा देश भित्र र बाहिरका हामी नेपालीलाई नेपाली चाडवाड र परम्परा थाहा पाउन र जान्न निकै सहज भएको छ । विदेशमा रहँदा पनि देशको न्यास्रो मेटाउन अनि परम्परा याद दिलाउन हाम्रो पात्रोले हरेक पुस्ता अनि प्रविधिलाई गाँस्ने एउटा परम्पराको धागो झैं काम गरेको छ ।
यहाँहरुको मायाका लागि हामी निकै आभारी छौं, यही वर्ष हामीले हाम्रो पात्रो तथा हाम्रो नेपाली किबोर्डको परीवार अब ५० लाख डाउनलोड सहितको व्यापक परीवार बन्न सफल भएको छ । यहाँहरुको माया, स्नेह वेगैर यो सम्भव थिएन । हाम्रो पात्रोका प्रयोगकर्ताहरुको चाह र चाँसो बमोजिम अघि बढ्ने क्रममा हामीले ६ महिनाअघि नै हाम्रो पात्रोलाई नयाँ स्वरुप र ढाँचामा ल्याउने उद्घोष गरेअनुरुप यसबारे प्राविधिक अध्ययन तथा कसरत थालेका थियौं, यो परिमार्जनले हाम्रो प्रयोगकर्ताहरुका लागि नितान्त अदभूत तथा सहज प्रयोगानुभव रहने कुरामा म विश्वस्त छुँ । यहाँहरुको अनुभव, पृष्ठपोषण र चाँसोहरु सुन्न र आत्मसाथ गर्न हाम्रो पात्रो अहोरात्र कटिवद्ध छ ।
आज म सगौरव हाम्रो पात्रोको ‘मेगा अपटेड’को बारेमा जानकारी गराउँदछु । यो नयाँ अपटेड सातवटा विभिन्न विशेष अपडेटका साथ सप्तरंगी फिचरयूक्त रहनेछ, आगामी ७ दिनसम्म हामी हरेक दिन एक-एकवटा विशेष फिचर यहाँहरुलाई प्रस्तुत गर्दै जानेछौं । आज म यहाँहरुलाई हाम्रो पहिलो विशेषताबारे जानकारी दिंदेछुः
नेपाली तथा अंग्रेजी भाषामा सिमित हाम्रो पात्रोले आफ्नो भाषाको दायरालाई थप फराकिलो बनाएको छ । अब यहाँहरुले हाम्रो पात्रोलाई आफ्नो स्थानीय भाषामा पनि देख्न र प्रयोग गर्न सक्नुहुनेछ । नेपाली र अंग्रेजी सहितका नयाँ भाषाहरु यसप्रकार छन्ः
१) नेपालभाषा
२) भोजपुरी
३) मैथिली
अब हाम्रो पात्रोमा नेपाली, अंग्रेजी सहित नेपालभाषा, भोजपुरी तथा मैथिली भाषा चयन गरी प्रयोग गर्नमिल्ने सुविधा समेत यहाँहरुको मोबाइल स्क्रिनमा उपलव्ध भएको जानकारी गराउँदछु । यदि तपाईंको हाम्रो पात्रो अपटेड भएको छैन भनें निम्न लिंकमा क्लिक गरेर अपडेट गर्न सक्नुहुनेछ ।
यस अपडेटमार्फत् यदि तपाईं नेपाल भाषा प्रयोग गर्दैहुनुहुन्छ भने तपाईंले नेपाल सम्वतमैं तिथीमिति बारे जानकारी प्राप्त गर्न सक्नुहुन्छ । नेवा वर्षका १२ वटै महिना तथा एप्लिकेशनमा प्रयोग हुने मूल फिचरहरु नेपालभाषामा राखिएका छन् । आउँदा दिनहरुमा नेपालभाषा लिपीको आधिकारीक संस्करण सहित एप्लिकेशनमा समावेश गर्ने प्रयास समेत हामी गरी रहेका छौं ।
हामीले सार्वजनिक गरेको भाषाहरुमा नेपाल भाषा लगायत भोजपुरी तथा मैथिली भाषाका चलनचल्तीका सरल शब्दहरु समावेश गरेका छौं जुन प्रयोगका क्रममा तपाईंलाई असुविधा नहोस् । प्रयोगका हिसाबले तपाईंलाई मनपर्ने सुविधाहरु तथा एप्लिकेशनले पठाउने विभिन्न सिस्टमका सन्देशहरुमा तपाले रोजेको भाषाहरु देख्न सक्नुहुनेछ । जस्तैः अंग्रेजीमा प्रयोग गर्दा तपाईंले समाचारमा देख्ने एप्लिकेशनको टाईटल “Read all news stories” नेपालभाषामा प्रयोग गर्दा ‘दक्वं बुखँ स्वयादिसँ’, मैथिलीमा प्रयोग गर्दा ”सभेटा समाचार देखलजाओ” तथा भोजपुरीमा प्रयोग गर्दा ”सभी समाचार देखीं” पाउनुहुनेछ ।
हाम्रो पात्रो एप्लिकेशनमा हाल प्रयोगमा आएका सन्देश तथा सुविधाहरुको भाषा सम्पादन तथा उल्थाको यस महत्वपूर्ण कार्यमा हामीलाई सामूदायिक तवरबाट नेपालभाषाका लागि सहयोग गर्ने श्रद्धेय अनिल स्थापितज्यू नेपाल लिपि गुथिका उपाध्यक्ष हुनुहुन्छ साथै रञ्जना लिपि तथा नेपालभाषामा विज्ञको रुपमा अध्यापन समेत गराउँदै आउनुभएको छ । स्थापित नेपालभाषाको सेवामा ३५ वर्ष भन्दा बढि समय खर्चिसक्नुभएको लोकप्रिय व्यक्तित्व हुनुहुन्छ ।
त्यस्तै मैथिल नगरी जनकपुर रही मैथिली भाषामा पत्रकारीता गर्दै आउनुभएका श्री काशिन्द्र शर्माज्यूले हाम्रो पात्रोको मैथिली संस्करण तयार पार्न सहयोग गर्नुभएको छ ।
भोजपुरी भाषामा हाम्रो पात्रोको उल्था हाम्रो पात्रोका व्यवस्थापकीय निर्देशक एस के देवकोटाले गर्नुभएको हो । देवकोटा भोजपुरी भाषामा दखल राख्नुहुन्छ १० वर्ष बढी पर्सा जिल्लाको वीरगञ्जमा रहेर छापा तथा रेडियो पत्रकारीता गर्नुभएको छ ।
यदी तपाईं पनि आफ्नो भाषामा दखल राख्नुहुन्छ र हाम्रो पात्रो आफ्नै भाषामा प्रयोग गर्न चाहनुहुन्छ भने हामीलाई support@hamropatro.com मा भाषा उल्थाका लागि ईमेल गर्नुहोस् । तपाईंले पठाउनुभएको ईमेलका आधारमा हामी तपाईंलाई सम्पर्क गर्नेछौं र तपाईंको भाषाको हाम्रो पात्रो सार्वजनिक समेत गर्नेछौं । अहिले उल्था भएका भाषाहरु पनि आवस्यक्तानुसार सुधार गर्दै तथा थप्दै लैजाने हाम्रो मुख्य प्रयास रहनेछ ।
आफ्नै भाषामा आफ्नो प्रिय मोबाइल सहयात्री हाम्रो पात्रो प्रयोगको अनुभव यहाँहरुलाई अवस्य मनपर्नेछ । भाषा चयनको सुविधा अन्तर्गत् यदि तपाईं नेपालभाषा, भोजपुरी अथवा मैथिली भाषामध्ये कुनै एक बोल्नुहुन्छ र हाम्रो पात्रोलाई यही भाषामा प्रयोग गर्न चाहनुहुन्छ भने नयाँ एप्लिकेशन प्रयोगको प्रारम्भमैं तपाईंले भाषा चयनको बिकल्प पाउनुहुनेछ । प्रारम्भमा यदि तपाईंले भाषा चयन गर्न विर्षनुभएको छ भने एप्लिकेशनको देब्रे माथिल्लो कुनामा भएको तीन धर्केलाई थिचेर भाषा नामको विकल्पमा गई आफ्नो भाषा चयन गर्न सक्नुहुनेछ ।
हाल उपलब्ध भाषाको दायरा विस्तारै फराकिलो पार्दै तपाईंको स्थानीय अन्य भाषा पनि समेट्दै लैजाने हामी वाचा गर्दछौं ।
यदि तपाईंलाई हाम्रो यो नयाँ अपडेट मनपरेको छ भने कृपया Play Store मा रेटिङ र प्रतिक्रिया अवश्य दिनुहोला । तपाईंको राम्रो प्रतिक्रियाले हामीलाई थप सुधार गर्न सहयोग गर्नेछ । अन्य केही कुराहरु र सुझावहरु छन् भने कृपया तल कमेन्ट बक्समा लेखी पठाउनुहोस् ।
हाम्रो पात्रोको मेगा अपडेट प्राप्त गर्न यहाँ थिच्नुहोस् ।
शंकर उप्रेती
CEO/Founder Hamro Patro
Liked by: