
प्रत्येक चाडहरूको आफ्नै महत्त्व र सान्दर्भिकता हुन्छन् । ती चाडहरूले ल्याउने रौनकता विशेष हुने गर्दछन् । सम्बन्धनहरूमा भौतिक दूरीहरूको खास अर्थ हुँदैन तर यिनै चाडपर्वहरूमा ती भौतिक दूरीहरू महसुस गरिन्छ ।
रक्षाबन्धन केवल चाड मात्रै होइन । यो त दिदी भाइ वा दाजु बहिनीको सम्बन्धको सुन्दर अभिव्यक्ति हो । यो वर्ष नजिकिँदै गरेको रक्षा बन्धनमा आफूबाट टाढा बस्नुभएका दाजुभाइ दिदीबहिनीलाई के उपहार पठाउँछु भनेर सोच्नु भएको छ त रु के उपहार पठाउने भनेर अन्योल छ भने आज हामी रक्षाबन्धनमा आफ्ना दाजु भाइलाई दिन सकिने गिफ्टहरूको बारेमा चर्चा गर्नेछौँ :

चकलेट : हामी सबैलाई चकलेट मन पर्दछ । विभिन्न ब्रान्डका क्याडबरी चकलेटको कम्बो प्याक दिएर रक्षाबन्धनमा हामीले आफ्ना दाजु भाइहरू तथा दिदी बहिनीलाई प्रसन्न पार्न सक्छौँ ।
कुर्ता - सुरुवाल : रक्षाबन्धनमा दाजुभाइहरूले आफ्ना दिदी बहिनीहरूलाई कुर्ता सुरुवाल दिएर सम्बन्ध प्रगाढ बनाउन सक्छन् । गिफ्ट सम्झनाहरूको प्रतीक पनि हो । त्यसैले कुर्ता - सुरुवाल दिएर रक्षाबन्धनमा दिदी बहिनीहरूलाई खुशी बनाउन सकिन्छ ।
राखी कम्बो : रक्षाबन्धनमा दिदी बहिनीहरूले विभिन्न थरिका राखी दिन रुचाउने गर्छन् । विभिन्न डिजाइनका राखी किनेर दाजुभाइलाई लगाइदिनु उपयुक्त हुन्छ । टाढा भएका दिदी बहिनीहरूले यो राखी कम्बो उपहार दिएर आफ्ना दाजुभाइलाई सरप्राइज पनि दिन सक्नु हुन्छ । टाढा भएका दिदी बहिनीहरुले यो राखी कम्बो उपहार दिएर आफ्ना दाजुभाइहरुलाई सरप्राइज पनि दिन सक्नु हुन्छ ।
सारि : प्राय विभिन्न अवसरमा हाम्रा दिदी बहिनीलाई सारिको आवश्यकता पर्ने गर्दछ । त्यसैले रक्षाबन्धनमा दाजु भाइहरूले सारि उपहार दिनु अझै उपयुक्त हुन सक्छ ।
कम्बो प्याक गिफ्ट : दिदी बहिनी वा दाजु भाइ दुवैले एक अर्कालाई कम्बो प्याक गिफ्ट दिनु पनि उपयुक्त हुन्छ । कम्बो प्याक गिफ्टमा विभिन्न उपहारहरू एकै ठाउँमा राखिन्छ । त्यसैले आफूलाई उपयुक्त लाग्ने कम्बो प्याक गिफ्ट उपहार दिएर हामीले यो रक्षाबन्धन स्मरणीय बनाउन सक्छौँ ।
प्रविधिले मानव सभ्यतामा एउटा विशिष्ट आयाम थपेको छ । प्रविधिले यो सिंगो संसार नै साँघुरो बनाएको छ । त्यसैले भौतिक रुपमा टाढा भए पनि प्रविधिले मानिसहरू बिचको भावनात्मक सम्बन्धमा भने पुलको काम गरेको छ । यिनै टाढा भएको हृदयहरूलाई सुन्दर ढङ्गले गाँस्ने कार्य हाम्रो पात्रोले गर्दै आएको छ।
नेपालमा भएका दाजु भाइ तथा दिदी बहिनीलाई यी लगायत अन्य गिफ्टहरू पठाउनको लागि तपाईंले gifts.hamropatro.com मा भएको विभिन्न गिफ्ट्सहरू हेर्न सक्नुहुनेछ । हाम्रो पात्रो गिफ्ट्स मार्फत दाजु भाइ तथा दिदी बहिनीहरूका लागि सरप्राइज उपहार पठाएर उहाँहरूलाई खुशी प्रदान गर्नुहोस्।