
शनिवार काठमाडौँ स्थित बसन्तपुर दरवार स्क्वायरमा लिपि नखः अर्थात लिपिको पर्व आयोजना हुदैछ।
यस लिपि नख: मा रञ्जना लिपि, नेपाल लिपि, भुजिंमोल लिपि आदिको प्रदर्शन गरिनेछ। नेपाल लिपि गुथि र क्यालिजात्राको संयुक्त आयोजनामा संचालन हुने लागेको यस लिपि नख:मा ४० भन्दा बढी प्रतिभाशालि कलाकारहरुको कला प्रस्तुत गरिन्छ। यी प्रस्तुतिमा क्यालिग्राफी, कला र चित्रहरु, डिजिटल डिजाइन, काठको काम, धातु काम, पोटरी र अन्य थुप्रै कुराहरुलाई समेटिएको छ। यी ४० भन्दा धेरै कलाकारहरुमध्य ले आफ्नो प्रस्तुति लिपि नख: को लागि तैयार गरेर आउछन भने कसैले त्यहि सबैको अगाडीनै आफ्नो कला देखाउने भएका छन्। 
काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले कार्यक्रमको उद्घाटन गर्नेछन् भने यो कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य भने रञ्जना लिपिको विकास र प्रवर्धन गर्नको लागि भएको हो। रञ्जना लिपि सम्पूर्ण नेपालीहरुको लिपि हो र सबैले यसको महत्व बुझ्दै यो सिक्न र सकभर प्रयोगमा ल्याउन जरुरी छ। यस कार्यक्रममा रञ्जना लिपिको बृहत प्रदर्शन हुने भएकाले उपत्यका वासीहरुले सक्दो यो कार्यक्रम नछुटाउने कोशिस गर्नुपर्छ।
साथसाथै शनिवारको यस कार्यक्रममा वर्कशप लगायत अन्तरक्रिया कार्यक्रमहरु पनि रहने हाम्रो पात्रोलाई जानकारी प्राप्त भएको छ।