
बुटवलमा भएको मिस्टर एण्ड मिस कलेज २०७५ को उपाधी बुटवलका आयुश र आशाले जितेका छन् । उनीहरुले दुई दर्जन प्रतियोगिहरुलाई पछि पार्दै पुरुष तर्फ आयुश केसि र महिला तर्फ आशा कार्कीले उपाधी जितेका हुन् ।
उपाधी सहित उनीहरुले जनही १५ हजार नगद तथा अन्य थुप्रै गिफ्ट हेम्पर हात पारेका छन् । एड्भेन्ट नेपाल प्रा लि बुटवलको आयोजनामा भएको प्रतियोगितामा सागर न्यौपाने र तृप्ती पाण्डे फस्ट रनर अप, फहेद अलि र अन्जना विक सेकेण्ड रनरअप, श्रेया श्रेष्ठ र फहेद अलि भिवरच्वाईस बनेका छन् । यस्तै रबी सुनार र दुर्गा रनपालले मस्ट कन्फिडेण्टको उपाधी जितेका छन् । विभिन्न विधामा विजेता बनेका सहभागिहरुले थुप्रै गिफ्ट हेम्परहरु हात पारेका छन् ।
एड्भेन्ट नेपालका अध्यक्ष विष्णु ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ट गायिका देविका बन्दनाले विजयी प्रतियोगिलाई ताज वितरण गर्दै यस्ता प्रतियोगिताले युवाहरुको आन्तरिक र बाह्य सुन्दरतालाई बाहिर निकाल्न मद्दत पुग्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले सौन्दर्य प्रतियोगितालाई विकृतिका रुपमा होईन, सृजनशिलताको विकास गर्ने उद्देश्यका साथमा आयोजना गर्नु पर्ने सुझाव समेत दिनुभयो ।
संचारकर्मी सुमन श्रेष्ठको संचालनमा भएको कार्यक्रममा प्रेम गित चलचित्रकी नायिका पुजा शर्मा, स्टडि वल्र्ड एजुकेशन बुटवलका प्रवन्धक देव बहादुर कुवर, प्राध्यापक यशु पाण्डेले प्रतियोगितामा विजयी सहभागिलाई बधाई तथा शुभकामना दिनु भएको थियो । कार्यक्रमको टाईटल स्पोन्सर स्टडि वल्र्डले गरेको थियो ।