
काठमाण्डाै, अषाढ २५ । एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकको वित्तीय सहयोगमा उग्रचण्डी भगवती मन्दिर नाला, काभ्रेपलाञ्चोकमा जडान गरिएको सोलारवत्तीहरु तथा CCTV क्यामराहरु उग्रचण्डीनाला समाजलाई हस्तान्तरण गरिएको छ ।
पूर्वप्रधानमन्त्री श्री माधव कुमार नेपाल, सुचना तथा संचार मन्त्री श्री गोकुल बासकोटा, एमाले सांसद श्रीमती शिला श्रेष्ठ र राष्ट्र बैंकका डेपुटी गर्भनर श्री शिवराज श्रेष्ठको प्रमुख आतिथ्यतामा एन आई सी एशिया बैंकका का. मु. प्रमुख कार्यकारी अधिकृत श्री रोशनकुमार न्यौपानेद्वारा उग्रचण्डी नाला समाजलाई उक्त सोलार वत्तीहरु तथा CCTV क्यामराहरु हस्तान्तरण गर्नुभएको छ । यस्ता सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यक्रमहरुले यस क्षेत्रको सुरक्षातथा सर्वसाधारणको दैनिक कृयाकलापमा सहयोग पुर्याउने हुनाले उक्तकार्यको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर श्री शिवराज श्रेष्ठले प्रशंसा गर्नुभयो ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
बैंकको वासलातको आकार रू.१७६ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १५० अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू. १२० अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्याकरिब ११ लाख ७५ हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ कुरा एन अार्इ सी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (सुचनाअधिकारी) सुधिर नाथ पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।