साबुन पानीले हात धोऔँ, रोगबाट बचौँ | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

साबुन पानीले हात धोऔँ, रोगबाट बचौँ




सहि तरिकाले साबुन पानीले हात धुनु कोरोनाभाइरस विरुद्धको लडाईंमा अत्यन्तै प्रभावकारी प्रमाणित भएको छ । कोरोनाभाइरसका साथै अन्य सरुवा रोगबाट आफु तथा अन्यलाई जोगाउन यो नै सबैभन्दा सस्तो र प्रभावकारी उपाय हो ।



NIC Asia Bank Ltd - सामाजिक दुरी कायम गरौं कोभिड-१९ बाट सुरक्षित बसौं । आफ्नो सम्पूर्ण बैंकिङ्ग कारोबार अब घरबाटै गरौं । INSTALL NOW

कोरोनाभाइरस (कोभिड-१९) जस्ता श्वासप्रश्वास सम्बन्धी भाइरस संक्रमितको सिँगान तथा खकारका साथै सूक्ष्म थोपाहरू आँखा, नाक वा घाँटिको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्दछ । धेरै जसो अवस्थामा यस्तो संक्रमण हाम्रो हात मार्फत हुने गर्छ । एक व्यक्तिबाट अर्कोमा भाइरस सर्ने प्रमुख माध्यम नै हात हो ।

विश्वव्यापी महामारीको समयमा भाइरसको संक्रमण फैलिनबाट रोक्न नियमित रुपमा साबुन पानीले हात धुनु सबैभन्दा सस्तो, सजिलो र महत्वपूर्ण उपाय हो ।

हात धुने सहि तरिकाका बारेमा तपाईंले जान्नुपर्ने कुरा निम्न छन्:

हात धुने उत्तम तरिका के हो ?
भाइरसका सबै अवशेष नष्ट गर्न सामान्य धोई पखाली पर्याप्त हुँदैन । हात धुने विस्तृत तरिका निम्न छ :
कदम १  : बगिरहेको पानीमा हात भिजाउने,
कदम २ :  भिजेको हातमा मनग्गे साबुन लगाउने,
कदम ३  : हत्केलाको पछाडि, औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तिमा २० सेकेण्डसम्म राम्रोसँग मिच्ने,
कदम ४ : बगिरहेको पानीले राम्ररी हात पखाल्ने,
कदम ५  : सफा कपडा वा एकपटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने ।



मैले कति समय सम्म हात धुनुपर्दछ ?
तपाईंले कम्तिमा २० सेकेण्ड लगाएर हात धुनुपर्दछ । पर्याप्त समय हात धोएको सुनिश्चित गर्ने सजिलो उपाय: रेशम फिरिरि रेशम फिरिरि, उडेर जाउँ कि डाँडामा भन्ज्यांग रेशम फिरिरर दुईपटक गाउनु हो ।

स्यानिटाईजर प्रयोग गरेर हात सफा गर्दा पनि यहि तरिका अपनाउन सकिन्छ । कम्तिमा ६० प्रतिशत अल्कोहल भएको जिवाणुनाशक जेल वा क्रिमलाई कम्तिमा २० सेकेण्ड हातमा लगाएर मिच्नुहोस् ।

मैले कहिले हात धुनुपर्दछ?
कोभिड-१९ बाट जोगिने सन्दर्भमा, तपाईंले निम्न अवस्थामा हात धुनुपर्दछ:

-नाक सफा गरेपछि, खोकेपछि वा हाच्छ्युँ गरेपछि
-सार्वजनिक यातायात, बजार वा धार्मिक स्थलहरूजस्ता सार्वजनिक स्थानहरूमा गएर फर्केपछि
-नगद-पैसा लगायत घर बाहिरका अन्य वस्तु छोएपछि
-अस्वस्थ व्यक्तिको हेरचाह गर्नुभन्दा पहिला तथा गरिसकेपछि
-खाना खानुभन्दा अगाडी तथा खाईसकेपछि
-अन्य सामान्य समयमा पनि निम्न अवस्थामा हात धुनुपर्दछ:
-शौचालयको प्रयोग गरिसकेपछि
-खाना खानुभन्दा अगाडी तथा खाईसकेपछि
-फोहोर मैला छोएपछि
-घरपालुवा वा अन्य जनावरहरूलाई छोएपछि
-बालबालिकाको डाईपर फेरेपछि वा उनीहरूलाई शौच कार्य गराईसकेपछि
-हात फोहोर भएको अवस्थामा

NIC Asia Bank Ltd - सामाजिक दुरी कायम गरौं कोभिड-१९ बाट सुरक्षित बसौं । आफ्नो सम्पूर्ण बैंकिङ्ग कारोबार अब घरबाटै गरौं । INSTALL NOW

मैले आफ्ना छोराछोरीको हात धुन कसरी सघाउन सक्छु?
स्टुल वा केहि अग्लो चिज हात धुने धारा र साबुन आफैंले पुग्ने ठाउँमा राखि हात धुन सजिलो व्यवस्था गरेर तपाईंले आफ्ना छोराछोरीको लागि हात धुन सघाउन सक्नुहुन्छ । उनीहरूको मनपर्ने गीत गाएर पनि हात धुने प्रक्रियालाई रमाईलो बनाउन सक्नुहुन्छ ।

के हात धुनका लागि तातो पानी आवश्यक छ?
आवश्यक छैन। हात धुन तातो वा चिसो, जस्तो तापक्रमको पानी पनि प्रयोग गर्न सकिन्छ । जबसम्म तपाईं साबुनको प्रयोग गर्नुहुन्छ, जिवाणु तथा भाइरसलाई प्रभावकारी तवरले मार्नका लागि तातो वा चिसो कुनैपनि तापक्रमको पानी प्रयोग गर्न सकिन्छ ।

के मैले तौलियाले हात पुछ्नुपर्छ?
जिवाणुहरू सुख्खा छाला भन्दा भिजेको छाला मार्फत सजिलोसँग सर्ने हुनाले हातलाई पूर्ण रूपले सुकाउनु अत्यन्तै जरूरी छ । कागजी रुमाल वा सफा कपडाले पुछ्नु नै जिवाणु एक सतहबाट अन्यमा फैलिनबाट रोक्ने प्रभावकारी उपाय हो ।

हात धुनु र स्यानिटाईजर लगाउनुमा कुन बढि प्रभावकारी हुन्छ?
सहि तरिका अपनाउने हो भने किटाणु तथा रोगकारक जिवाणु नष्ट गर्न हात धुनु र स्यानिटाईजर लगाउनु दुबै उत्तिकै प्रभावकारी मानिन्छ । घरबाट बाहिर रहेका बेलामा स्यानिटाईजर एक सजिलो विकल्प हुन सक्छ तर आपतकालीन अवस्थामा यो महँगो हुनुका साथै सजिलै नपाईन पनि सक्छ। अल्कोहलमा आधारित हात स्यानिटाईजरले कोरोनाभाइरसलाई नष्ट गर्ने भएतापनि यसले सबै प्रकारका जिवाणु तथा किटाणु भने मार्दैन । उदाहरणको लागि यसलाई नोरोभाइरस र रोटाभाइरस जस्ता भाइरस बिरुद्ध एकदमै निष्प्रभावकारी मानिएको छ ।

साबुन नभएको अवस्थामा के गर्ने?
यदि साबुन र पानी उपलब्ध छैन भने विकल्पका रुपमा क्लोरिनयुक्त पानी वा कम्तिमा ६० प्रतिशत अल्कोहल भएको स्यानिटाईजरले हात सफा गर्नु एक राम्रो बिकल्प हो । यि विकल्प उपलब्ध नभएमा साबुन पानीको झोल वा खरानीको प्रयोगलेपनि जिवाणु मार्न सघाउँछ तथापि यो त्यति प्रभावकारी हुँदैन । त्यसैले यी विकल्पहरूको प्रयोग गरिएको भएतापनि तपाईं हात धुने स्थानमा पुग्ने वित्तिकै साबुन पानीले राम्ररी हात धुनुहोस् र त्यस बीच अन्य संक्रमणको सम्भावना भएका सतहहरूमा नछुनुहोस् ।

यसबाहेक मैले कोरोनाभाइरसको संक्रमण फैलिन नदिन के गर्न सक्छु?
-खोक्दा वा हाच्छ्युँ गर्दा सुरक्षित विधि अपनाउने: खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनो वा कागजी रुमालले नाक र मुख छोप्ने, उक्त कागजी रुमाललाई तत्काल फोहोरदानीमा फाल्ने, र नियमित हात धुने,
-आफ्नो अनुहार (मुख, नाक, आँखा) नछुने,
-सामाजिक दुरी कायम गर्ने: हात नमिलाउने, अंकमाल वा चुम्बन नगर्ने, खाना तथा भाँडा वा कप र तौलिया नबाँड्ने,
-रुघा वा फ्लुको लक्षण देखिएका व्यक्तिबाट टाढै बस्ने,
-आफु वा आफ्ना बालबालिकामा ज्वरो, खोकि वा सास फेर्न समस्या देखिएमा स्वास्थ्य सेवामा तुरन्तै सम्पर्क गर्ने ।


श्रोत : युनिसेफ 



यसमा तपाईँको के प्रतिक्रिया छ?


22 Likes

1 Dislikes

  Save
प्रतिक्रियाहरु11 Liked by
Liked by
0 /600 characters
Hari Nepal ५ बर्ष अघि
NTC र NCELL का सेवाग्राहिहरूकाे माेबाईलमा प्राप्त हुने गरि हात धुने तरीकाकाे पाठ्य सामाग्री भन्दा दृष्य सामाग्री जानकारीकाे लागि अति प्रभावकारी हुने देखिन्छ ।सबै पढ्ने मात्र नभई पढ्न नसक्ने ब्यक्तिले पनि माेवाईल प्रयाेग गर्ने भएकाेले हात धुने तरीकाकाे दृष्य सामाग्री राख्दा ठुलाे संख्याले लाभ पाँउने थिए ।
 REPLY  LIKE   DISLIKE
Silent Killer ५ बर्ष अघि
Kathmandu ma pani khoi ta hat dhona pani jati v I p ka dhara ma matra aauxa himi ta sabun dalne gham ma sukaune hola Hain ta
 REPLY  LIKE   DISLIKE
Sagar Ale Magar ५ बर्ष अघि
साबुन ले हात धोयर हुने भय हसपिटल सबै बन्द हुनेभो हाहाहा
 REPLY  LIKE   DISLIKE
S Shiva C Chaudhary ५ बर्ष अघि
very nice
 REPLY  LIKE   DISLIKE
Bhim Hembya ५ बर्ष अघि
औषधि उपचार तिर लागौ,हातमात्र धोएर रोग बाट वचन सकिन्न
 REPLY  LIKE1  DISLIKE
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.