एक जना मानिस आफ्नै घर मा हात मा कुचो समाती एता र उता कुदी रहेको थियो ।साथै बड्बडाई रहेको थियो ।"नमारी छाड्दिन कती उड्छस" भन्दै कुचो ले हान्दथ्यो | तर त्यो पखेटा भएको सानो जीब ज्यान बचाउन, उडेर एता उता गरी रहेको थियो ।
त्यहिबेला एकजना भिखारी माग्दै टुप्लुक्क त्यहा आई पुगेको थियो , उस्ले कराउदै भन्यो "मनु ए मनुवा नमार नमार ।"
"किन नमार्नु ? यसले मलाई चिल्यो ई हेर सुन्निएको",यस्लाई नमारी छाड्दिन ।
"कतिलाई मार्छौ ? मारेर सक्किन्छ त्यस्ले टोकेर तिमिलाई हितनै गरेको, बरु उस्को खिल गएर उ अपाङ्ग भएको छ,उ अब आफै मर्छ तिमिले मार्नै पर्दैन ।"
"कसरी ?"
म भन्छु ल सुन र बुझ - म धनी थिए,म सङ्ग मेरो पुर्ख्यौली सम्पत्ति,सुनचादि,प्रशस्तै थियो ।गाउँ घरमा सस्तो ब्याजमा ॠण लगाउथिए,मेरो मा कारोबार राम्रो चलेको देख्दा कसैलाई डाहा भयो,एकदिन घरमा सार्है गर्मी भएकाले छत मा सुतेका थियौ,तेसै रात मेरो सेफ बाट भयेक सुन चादी नगद साथै ॠण टिपोट तमसुक कागज चोरी भयो ।
यसैले चोरेर लगो भन्ने शंखा लागो तर दसी प्रमाण बेगर केही गर्न सकिएन ।
टिपोट तमसुक नभएपनी एकदुई जना इमान्दार ले तिरे धेरै ले दिएनन ।ऋण लिने र चोर्ने दुवैले देखी देखी पचाईदिए, पचाउने चोर्ने हेर्दा सम्पन्न देखिन्छन तर त्यस्तो हुदैन।
जीवन को लागी ब्यवहार गर्नै परो,जग्गा अलिकती थियो त्यो जग्गा बन्धक मा राखेर मिल खोल्ने भए,खोले पनि,मिल राम्ररी नै चली रहेको थियो,त्यो मिलमा खै के कसरी राती एक्कासी आगो लागेर सखाप भएर गयो ।
साहु सङ्ग लिएको ऋण किस्ताबन्दी गरी तिर्छु भन्दा मानेन साहुले जग्गा आफ्नो नाममा नामसारी दर्ता पास गरेर छोड्यो,छन गेडी सबै मेरी छैनन गेडी सबै टेडी भनेझै मेरा परिवार कता कता लाखा पाखा लागे, आज हेर म मागेर जीवन बिताई रहेको छु ,ठुला बडा जस्तै नयाँ नयाँ ठाउँ भ्रमण गरी रहेको छु ।
यहाँ तिमी हामी जस्तै वान्की परेका हाम्रो जस्तै अनुहार रगत भएका ले हामिलाई कनाई कनाई ब्वासो जस्तै चूसी खाई रहेका छन चिली रहेका छन हामिले थाहा नै नपाउने गरी हामिलाई शोशी रहेका छन । यस्ता जन्तुलाई हामिकेही गर्न सक्दैनौ,तर त्यो निरिह जस्ले चिलेर तिमिलाइ बाथ रोग लाग्न बाट केही हद सम्म बचाएको छ तिमिलाई भलो गरेकोछ त्यस्तो निरिह बिर्नि(बारुलो)लाइ मार्दैछौ ,के यस्ता लाई मारेर तिमी बाहदुर बन्छौ ? नमार यसले दुसित हावालाई पनि स्वच्छ पार्ने काम गर्दछ ।
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् ।
Liked by: