
सम्पूर्ण ब्यालेट बाकसहरु प्राप्त गर्नासाथ निर्वाचन अधिकृतले एउटा नोट जारी गर्दै मतगणना शुरु गर्ने समय, स्थान आदि जानकारी उल्लेख गर्नुपर्दछ । यसरी जारी गरेको नोटमा हरेक उम्मेदवारले आफू या आफ्नो साटो केही प्रतिनिधी पठाउन चाहेमा उल्लेख गर्न जानकारी समेत दिइन्छ । स्मरण रहोस यस्ता मतगणना कार्यक्रम गर्दा सकेसम्म एउटै कोठामा निर्वाचन अधिकृतको रहोवरमा गरिनु पर्दछ तर एउटा कोठाामा पर्याप्त नभएमा अर्को कोठामा पनि गर्न सकिनेछ तर फरक घर या ठाँउमा गर्न पाइन्न ।
को को मतगणना स्थलमा जान पाँउदछन् ?
उम्मेदवार
उम्मेदवारका निर्वाचन प्रतिनीधी (बढीमा दुई जना )
उम्मेदवारका गणकहरु (बढीमा दुई जना)
कर्मचारी र सुरक्षाकर्मीहरु
निर्वाचन आयोगले तोकेका कर्मचारीहरु
र निर्वाचन अधिकृतले तोकेका ब्यक्तिहरु
यि बाहेक अन्य ब्यक्तिहरु निर्वाचनको मतगणना प्रक्रियामा जान पाँउदैनन् ।पारदर्शी मतगाणना प्रक्रिया हामीसबैको दायित्व र अधिकार हो, यस बारेमा सचेत बनौ ।
प्रतिनीधी तथा प्रदेश सभा निर्वाचन विशेष
हाम्रो पात्रो
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी