सरकारले प्रदेशका राजधानी कहाँ कहाँ तोक्ने अनि घोषणा गर्ने भनेर तयारी गरिरहेको अवस्थामा चुनाव पछि अहिले बिभिन्न शहरहरुमा आआफ्ना शहरहरुमा राजधानी बनाउनुपर्ने दबाव सहितका आन्दोलन हरु शुरु भएका छन् । प्रदेश घोषणा सगै राजधानीको पनि तोक्ने कार्य गरेको भए अहिले यो संक्रमणकालिन बिवाद नहुने धेरैको तर्क भएपनि त्यसो हुन नसक्दा अहिले आएर प्रादेशीक राजनीतीको प्रथम कदममै बिवाद आएको छ । आआफ्नो शहरमा राजधानी हुँदा आफ्ना सम्पतीको मुल्य, सुबिधा अनि प्रत्यक्ष परोक्ष थुप्रै कुराहरुमा फाईदा हुने भएकाले स्थानीय आन्दोलनरत छन् । धेरै जसो प्रादेशीक उम्मेदवारले त प्रदेशको राजधानीनै यहाँ बनाउने र नबनाउने भन्ने कुरालाई नै चुनावी मुख्य एजेण्डा बनाएर जीतेको पनि पाइएको छ , बिवाद चर्कदै गएको अवस्थामा अब बन्ने सरकार समक्ष चुनौतिहरु प्रशस्त बढ्दै गएका छन् ।
सरसरी हेर्दा ४ र ६ नंबर प्रदेश बाहेक अन्य प्रदेशहरु राजधानी बिवादमा तानिएका देखिन्छन् । ४ नंबरको पोखरामा र ६ नंबरको सुर्खेत बिरेन्द्रनगरमा बनाउने कुरा मोटोमोटी सहमती भइसकेको छ भने अन्य प्रदेशहरुमा राजधानी बिवाद र आन्दोलनले जनजीवननै प्रभावीत गरेको छ । एकै दलका बिभिन्न नेताहरु पनि प्रदेशको छनौटमा फरक फरक अभिब्यक्तिका साथ प्रस्तुत हुन थालेकाले बिषयलाई झनै गम्भीर बनाएको छ ।
शुरु गरौ १ नंबर प्रदेशवाट जहाँ धरान, धनकुटा, इटहरी, ईनरुवा र बिराटनगरलाई प्रदेशको राजधानी बनाइनुपर्ने मागसहित बिभिन्न आन्दोलन र पैरवीहरु भइरहेका छन् । धनकुटामा त केही दिनयता बन्द पनि घोषणा भएको छ । हुन त पूर्वान्चल बिकास क्षेत्रको सदरमुकामका रुपमा धनकुटालाई तोकिएको हो तर मोरगंवाट जितेका सासंद लालवावु पण्डित आँफैले धनकुटामा भन्दा बिराटनगरमा राजधानी बनाइनुपर्ने भन्दै बृहत्तर बिराटनगरको अवधारणा अगाडी ल्याएको जनाएका छन् । बृहत्तर बिराटनगरको सिमाना भित्र बिराटनगरलाई सुनसरीको तरहारासम्म जोड्ने योजना रहको बताइन्छ । उता धनकुटावाट सर्वदलीय प्रतिनीधी मण्डलको नेतृत्व गर्दै सासंद राजेन्द्र राई धनकुटालाई राजधानी बनाउने पैरवीका साथ काठमाडौ आएका छन् ।
प्रदेश नंबर २ को कुरा गर्दा यस प्रदेश झनै बिवादमा रहेको पाइएको छ । यस प्रदेशमा फोरमले प्रत्यक्ष तर्फ २० र समानुपातिक तर्फ ९ स्थान ल्याएर नेतृत्व गरेको छ भने राजपा प्रत्यक्षमा १५ र समानुपातिकमा १० सिटका साथ पछ्याइरहेको छ । शुरुवाती दिनमा बिरगन्ज र जनकपुरमा भएको राजधानी बिवादमा अब सर्लाही मलंगवा र बर्दिवास पनि जोडिएका छन् । धनुषावाट काग्रेसका बिमलेन्दू निधीलाई जितेका राजपा नेता राजेन्द्र महतोले चुनावी भाषणकै क्रममा पटक पटक प्रदेशको नाम मिथिला प्रदेश रहने अनि राजधानी जनकपुरमा रहने घोषणा गरिसकेका छन् ।
उता प्रदेश नंबर ३ मा भने राजधानी बिवादमा हेटौडा, मकवानपुर, भक्तपुर र धुलिखेल तानिएका छन् । बिभिन्न दवाबमुलक आन्दोलन पनि शुरु भएका छन् ।
प्रदेश नंबर ५ मा भने बुटवल र दाङ्ग राजधानी दौडमा तानिएका छन् । दुबै स्थानमा बिभिन्न आन्दोलन शुरु भएका छन् । कपिलबस्तुलाई प्रदेश नंबर ५ को राजधानी बनाउनुपर्ने भन्दै आन्दोलन शुरु भएको छ । बिभिन्न व्यानर र प्लेकार्डका साथ काठमाडौमैै पनि प्राचीन कपिलबस्तुलाई प्रदेशको राजधानी बनाउनुपर्ने मागका साथ आन्दोलन शुरु भएका छन् । प्रदेश ७ मा भने धनगढी, अत्तरिया, डडेल्धुरा या दिपायललाई राजधानी माग हुँदै आएको छ ।
राजधानी बिवादले जनता अनि समुदाय बिचमा कुनै पनि प्रकारको तिक्तता नल्याओस भन्ने कुरामा चाँही सरकार र समबन्धीत पक्ष जागृत हुन जरुरी देखिन्छ । राजधानी घोषणाकै कुरामा चुनाव पछिको फोहोरी राजनीती शुरु नहोस र भविष्यमा संघीय गणतान्त्रिक नेपालमा समान बिकास होस् भन्ने सबैको चासो रहेको छ । यी सबैकुरा गरिरहँदा अब बन्ने राजधानी प्रदेशका सबै तह तप्का अनि कुनाकन्दराका जनताहरुका लागि समान पहुँच अनि सहजताका साथ बनाइन झनै जरुरी देखिन्छ ।
हाम्रो पात्रो