के छ हाल खबर ? बता न यार
अब त नेपालमा चुनाब हुन्छ रे भुFडि घटा न यार ॥
ऐक्लै कमाउने, एक्लै रमाउने
त्यो लाल सलाम बानि हटा न यार ॥
कति खानु तितो टर्रो अमिलो
हामिलाई पनि लुट्ने बानि चटा न यार ॥
जानेको छैन सिकाउन सक्छस
एक एक लुट्ने ठाउँहरु सबै बता न यार ॥
हामिलाई पनि संगै विदेश लैजा
बरु पैसा, लुटेकै पैसामा कटा न यार ॥
सारै दुख पाईयो यो प्रजातन्त्र भन्दा भन्दै
यो भन्दा त बरु मलाई लाल सलामै खटान यार ॥
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् ।
Liked by: