वा त्यो वैंसको बातै अलग हुने छ नशाझै लठ्ठिनेछुँ मातै अलग हुने छ ! सम्झिन्छु कल्पिन्छु भबिष्यका पलहरु संगसंगै बिताउने त्यो रातै अलग हुने छ !!!
पहिलो मुक्तक
वा त्यो वैंसको बातै अलग हुनेछ
नशाझै लठ्ठिने मातै अलग हुनेछ !
सम्झिन्छु कल्पिन्छु भबिष्यका पलहरु
संगसंगै बिताउने त्यो रातै अलग हुनेछ !!!
दोस्रो मुक्तक
मेरो एक्लै जिउने अभ्यासलाई भङ्ग पारि
फुलाएर मायाको फुल दिलै उमङ्ग पारि
त्यो निष्ठुरिले गराउँदै यात्रा मीठो माया को
छुट्टिएर दोबाटोमा मलाई एक्लै दङ्ग पारि !!!
-जीवन प्रकाश खतिवडा
khatiwodajiwan@gmail.com
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् ।
Liked by: