अब मलाई बिर्सी देऊ भन्थी जाने बेला
हरेक रात कोल्टे फेर्दा सम्झिन बाध्य पारेर गई
आफू गन्तव्य र मलाई यात्री बनाएर गई
मोरिले बन्धकी पनि आफ्नै यादहरू राखेर गई।
हाम्रो नाता यही सम्म सिमित राखुँ भन्थी
जाँदा जाँदै मेरो मायाको ऋण बोकेर गई
आफू ऋणी र मलाई साहु बनाएर गई
मोरीले बन्धकी पनि आफ्नै यादहरु राखेर गई।
चलन चल्ती कै हिसाब गरी छ क्यारे
मलाई स्वप्न माया सागरमा रमाउन सिकाएर
आफू सर्लक्क मायाको सागर त्यागेर गई
आफू औषधि र मलाई रोगी बनाएर गई
मोरिले बन्धकी पनि आफ्नै यादहरू राखेर गई।
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: