मलाइ यो बाटो भएर
अब सफर गर्नु छैन ।
र,
यो चौतारीमा
थकान मेटाउनु पनि छैन ।
यो बगर हिजो जस्तो लाग्दैन
भञ्ज्याङ् उसैगरी बदलिएको छ ।
यी सब मेरालागि
खै किन फिक्का छन
सायद यो बाटोले
मसंगै भएर हिड्ने
एउटा मान्छे गुमाएको छ !!!
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: