१. को हौ तिमी ?
जूनको बस्तीमा फूलको आगो लगाउने को हौ तिमी ?
भोक निन्द्रा दिलको चैन भगाउने को हौ तिमी ?
जून भनु जून होइनौ, फूल भनौं त्यो भन्दा नि राम्री,
कस्तुरीको बिना जस्तै मगमगाउने को हौ तिमी ?
२. लठ्ठै पर्छु
घरी घरी तिमी मुस्कुराउछौ र त लठ्ठै पर्छु,
दोबाटोमा जिस्काउछौ र त लठ्ठै पर्छु,
जतिबेला जतिखेरै मेरै समिप हुन खोज्छ्यौ,
नजिक आई ऑखा झिम्काउछौ र त लठ्ठै पर्छु ।।
३. लास
तिमी नरूनु जब म लास भएको हुन्छु
सक्दिन पुछ्न ऑशु, इतिहास भएको हुन्छु
म घर छोडी चितामा गएको त्यो दिन,
ऑगन माथि म निलो आकाश भएको हुन्छु ।।
------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: