म कस्तो मान्छे
उ उता जान्छे
मेरो मनै लान्छे
म त तिम्रो होइन भन्छे ।
म कस्तो मान्छे
न त उ भनेको मान्छे
अपरिचित संग खान्छे
उल्टो मलाइ वाइ पो भन्छे ।
म कस्तो मान्छे
केही भन्यो प्याट्ट हान्छे
न घरको काम धान्छे
आफै बन्नु पर्छ भान्छे ।
म कस्तो मान्छे
पाए घरको सबै लान्छे
होटल पसि के के तान्छे
नखाउ भन्दा के को मान्छे ।
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: