पुरानाे गल्लितिर एउटा चाेकसङ्ग
याद समेटिएका छन् हर थाेकसङ्ग
अटुट नाता जाेडिएर बसिदियाे बरै
त्या तिर मैले गरेका उपभाेक सङ्ग
--
याद अाउछन् उहि पुराना दिनहरु
सङ्गै हुदा रमाएका हर सिनहरु
अाज पाे नराम्राे सपनि झै भए ,,
उ बेला खुसिमा थमाएका ऋणहरु
--
कहिले हृदय त कहिले मन मान्दैन
दन्ते घाउ बाेकेर अाफ्नै तन मान्दैन
अाएर तिमी नै भन्देउन छाेडेर गकाे
भनी सम्झाउदा मैले त झन मान्दैन
--
उनलाई भुल्ने काेशिस लाख हजारमा
तर झन सम्झिन्छु सन्ध्या सङ्घारमा,
भुल्ने अाैषधि पठाउ, पाउछ भने ए
निष्ठुरी बसाइ सरेकाे सहर बजारमा
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: