कहिले आउनुहुन्छ बाबा घर,उ सोध्दै थियो
बिदेशमा लाग्दैन र हजुर डर, उ सोध्दै थियो
भोकले सताएरै निन्द्राको गोली खादै गर्दा
कैले घुमाउने खै ठुला सहर, उ सोध्दै थियो
उनी हरुकै लागी मैले घर छाडेर बसेपछी
किन टाढिन्छ खोली बाट बगर,उ सोध्दै थियो
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: