कसरी बन्छ कुण्डलीमा सजाय योग ? | Hamro Patro

ब्लग - साहित्य / अध्यात्म

कसरी बन्छ कुण्डलीमा सजाय योग ?




   ज्योतिषाचार्य पुरुषोत्तम घिमिरे - Dec 27 2019

व्यक्तिको जन्म समयमा सौर्यमण्डलमा रहेका ग्रहहरूको प्रभावबाट त्यस व्यक्तिको जीवन के कस्तो रहने छ भन्ने कुराको निर्क्योल ज्योतिष शास्त्रबाट पत्ता लगाउन सकिन्छ । जन्म कुण्डलीबाट व्यक्तिका जीवनमा आउने विविध पक्षको विश्लेषण गर्न सकिन्छ, जसमध्ये सजाय योगपनि महत्त्वपूर्ण योग हो ।

विशेषगरी जन्म कुण्डलीमा रहेका १२ भावमध्ये १२ औं भावबाट बन्धन र मुक्तिको विषयमा अध्ययन गरिन्छ । १२ भावलाई ब्यय भावपनि भनिन्छ । ब्यय भावमा कुनै ग्रह नहुनु राम्रो मानिन्छ । द्वादश स्थान लग्नको ब्यय स्थान भएका कारण शारीरिक मानसिक एवं बौद्धिक ब्यय गराउने कार्य यस भावबाट हुने गर्दछ । द्वादश भावमा राहुको उपस्थिति रहनु, राहुबाट दृष्टि हुनु, द्वादशेस कमजोर रहनु वा राहुसँग योग बनाउनु सजाय योग मानिन्छ  ।

राहोस्तुदृग्योग यदा ह्यन्त्ये राहुस्थनाथस्य तथैव भूयात् ।
अन्याधिपश्चेत् विर्येण हीन: कारागृहे तस्य स्थितिर्हिनूनम् ।।


सजाय योग सृजनाका कारण व्यक्ति राम्रो पोजिसन, उच्च पदमा बहाल रहँदा रहँदै पनि विविध परिस्थिति बस कारागारसम्म पुग्नु पर्दछ । द्वादशेश शुभ ग्रह हुनु उपयुक्त मानिन्छ र त्यस स्थानमा ग्रह नरहनुलाई पनि उत्तम मानिन्छ । द्वादश स्थानमा रहेका पाप ग्रह हानिकार अर्थात् धेरै अनावश्यक खर्चालु बनाउछ । सूर्य द्वादश स्थानमा कोट कचरिमा पैसा खर्च हुने पैतृक सम्पत्तिमा पनि विविध विवाद रहने कुराको संकेत गर्दछ ।

यो योग विशेष गरी राहु द्वादशेश एवं कुण्डलिमा खराब स्थितिमा रहेको सूर्य एवं मंगलको दशा अन्तर्दशा प्रत्यन्तर्दशामा आफ्नो खराब प्रभाव प्रस्तुत गरि जातक वा व्यक्तिको जीवन, करियर बर्वाद बनाउने कार्य गर्दछ । त्यसैले आफ्नो कुण्डलीमा ग्रहको अवस्था के कस्तो छ भनी निश्चिन्त रहनु राम्रो हुन्छ ।

कतै हाम्रो कुण्डलीमा यस्तो योग त छैन ! छ भने समस्या आउनु पुर्वनै उचित उपचार गर्नु आवश्यक छ । ज्योतिष शास्त्रले दिशा निर्देश गरे आनुसार कार्य गर्दै विविध उपचार गर्नु आवश्यक छ । सजाय योगको शिकारबाट बच्न लन्नेशको पक्षमा सकारात्मक कार्य गर्नु । इमानदारितालाई प्राथमिकता दिनु । सूर्य बलवान गराउने कार्य गर्नु । सूर्यनारायणको उपासना गर्नु पर्दछ । द्वादशेश अधिपतिको पुजा आराधना गर्नु एवम् बिज्ञ ज्योतिषको परामर्श लिनु अति आवश्यक पर्दछ । उचित समयमा मार्ग निर्देशन लिदै कार्य सम्पादन गरेको खण्डमा सजाय योगबाट बच्न सकिन्छ ।।

ज्योतिषाचार्य पुरुषोत्तम घिमिरे
ghimirepurupg@gmail.com



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.