
यहि मिति २०७६ चैत ८ (२०२० मार्च २१) गते रबिभवन स्थित होटल क्राउन इम्पेरियलमा TEDx Jamal हुने भएको छ। “खोज तथा उत्खनन्” विषयको सेरोफेरोमा आयोजना हुन गइरहेको यस कार्यक्रम अमेरिका स्थित Ted बाट लाइसेन्स प्राप्त कार्यक्रम हो । ६ विषयगत क्षेत्रका वक्ताहरुले यस कार्यक्रममा आफ्ना विचार तथा अनुभवहरुलाई शक्तिशाली वाक्शैलीमा प्रस्तुत गर्नुहुनेछ । विषयगत क्षेत्रमा वातावरण, नविनता, स्वास्थ्य, उद्यमशीलता तथा जीवन सिकाइ, चलचित्र उद्योग र खेती पर्दछन् ।